दफा १५
विभागीय कारबाहीको लागि लेखी पठाउने
(१) परीक्षाको काममा संलग्न कर्मचारील परीक्षा केन्द्रमा कुनै अनियमित काम कारबाही गरेमा त्यस्तो कर्मचारीलाई तत्काल कामबाट हटाउन वा कसूरको मात्रा अनुसार सेवा शर्त सम्बन्धी प्रचलित कानून बमोजिम विभागीय कारबाही गर्नको लागि आयोगले सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ ।
तर आयोगको कर्मचारीको हकमा आयोग आफेेले कारबाही गर्न वा कारबाहीको लागि लेखी पठाउन सक्नेछ ।
(२) दफा १४ को उपदफा (१) वा (२) बमोजिमको अनियमित काम गर्ने कर्मचारीलाई सेवा शर्त सम्बन्धी प्रचलित कानून बमोजिम विभागीय कारबाही गर्नको लागि आयोगले सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम आयोगले विभागीय कारबाहीको लागि लेखी पठाएमा आयोगले तोकेको अवधिभित्र अख्तियारवालाले सम्बन्धित कर्मचारीलाई विभागीय कारबाही गरी सोको जानकारी यथाशीघ्र आयोगलाई दिनु पर्नेछ ।